टुँडिखेलमा मनाइयो संविधान दिवस, सुरक्षा निकायद्वारा ब्याण्ड प्रदर्शन

258 Shares

काठमाण्डौ । काठमाण्डौको सैनिक मञ्च टुँडिखेलमा संविधान दिवस मनाइएको छ । शुक्रवार बिहान टुँडिखेलमा एक समारोहका बीच सरकारले संविधान दिवस मनाएको हो । 

समारोहमा नेपाली सेनाको टोलीले शान्तिको प्रतिक परेवा उडाएका छन् । सुरक्षा निकायका विभिन्न समूहहरूले मार्च पास गरेका छन् । सुरक्षा निकायहरुले ब्याण्ड प्रदर्शन समेत गरेका छन् । 

समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, कर्मचारी, सुरक्षा अंगका प्रमुखलगायत सहभागी छन् ।

1758260211-SnPq9.jpg

संविधान सभाबाट नयाँ संविधान जारी भएको आज १० वर्ष पूरा भएको छ । सार्वभौम संविधान सभाबाट २०७२ असोज ३ गते संविधान संघीयतासहितको संविधान जारी भएको थियो । त्यसैले हरेक वर्ष असोज ३ गतेलाई राष्ट्रिय दिवसको रुपमा मनाइन्छ । 

1758260200-UNMAs.jpg