लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

302 Shares

काठमाणडौ । लुम्बिनी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ ।

प्रदेश सभा सचिव दुर्लभकुमार पुनका अनुसार प्रदेश प्रमुख कुलबहादुर घर्तीले भदौ ३१ गते रातीदेखि लागू हुनेगरी चालु छैठौं अधिवेश अन्त्य गरेको सूचना प्रदेश सभाले आज सार्वजनिक गरेको हो ।

जेनजी आन्दोलनपछि मुख्यमन्त्री चेतनारायण आचार्यसहितका मन्त्रीहरु सार्वजनिक भएका थिएनन् । दुई दिनअघि मात्रै मन्त्रिपरिषद बैठक बसेर प्रदेश सभा अन्त्यको सिफारिस गरेको थियो ।

550833066_1783278702304920_5658593836173581085_n.jpg

अहिले सबैजना आफ्नो काममा त फर्केका छन् तर केन्द्रीय राजनीति फेरिएसँगै कसरी काम गर्ने भन्ने विषयमा अन्यौलमा छन् ।