यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने

289 Shares

यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ ।

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच आज भएको छलफलमा यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय गरेको हो ।

आन्दोलनपछि  लगाएको कर्फ्यु हटेपछि तीन अघिदेखि टिकट काटेर सेवा सुरु भइसकेकाले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताए ।

यसपालि चाडपर्वमा यातायात सहज हुने उनले बताए । अहिलेसम्म सडकको अवस्था सहज रहेको उनको भनाइ छ। सरकारले दशै‌ंमा  घर जाने सर्वसाधरणको लागि अग्रिम टिकट खुलाउँदै आएको थियो ।