213
Shares
सरकारले गठन गरेको मन्त्रीहरूमा अर्थमन्त्री रामेश्वर खनाललाई पहिलो वरीयतामा राखिएको छ।
सोमबार बिहान राष्ट्रपति कार्यालयमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त तीन जना मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
पहिलो नम्बरमा अर्थमन्त्री खनाल छन् भने दोस्रो नम्बरमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङ र तेस्रोमा गृह तथा कानुन मन्त्री ओमप्रकाश अर्याल छन् ।
प्रधानमन्त्री सुशीला कार्कीले तीनै जनालाई आइतबार साँझ नियुक्त गरेकी थिइन् ।
तीनै जना मन्त्रीले आज शपथ लिएसँगै पदभार ग्रहण गर्नेछन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया