सुमनाले पार्टी छोड्ने परिस्थितिबारे छानबिनको माग

255 Shares

काठमाडौं । रास्वपाभित्र सुमना श्रेष्ठले पार्टी परित्याग गरेको विषयमा छानबिनको माग उठेपछि अहिले जारी रहेको रास्वपाको भर्चुअल बैठक बसिरहेको छ । 

बैठकमा कोशी प्रदेशका कार्यवाहक सभापति सरिन तामाङले सो माग राखेका हुन् ।

समसामयिक विषयमा छलफल गर्न आयोजित बैठकमा रास्वपाका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला पदाधिकारीहरुको सहभागिता छ । 

जेनजी आन्दोलन र सुमनाको बहिर्गमनको विषयले छलफलमा बढि प्राथमिकता पाइरहेको छ ।

तामाङले दलभित्र रहेको व्यक्तिवादी चरित्र हटाउन आवश्यक रहेको मागलाई गम्भीररुपमा लिनुपर्नेमा जोड दिएका थिए ।

सुमनाले रुँदै पार्टी छोड्नु गम्भीर विषय भएको उनले बताएका छन् ।

वैठकमा रास्वपाका केही पार्टी कार्यालयहरुमा भएको आक्रमणको विषयमा पनि समिक्षा हुनेपर्ने माग बाग्मती प्रदेशबाट गरिएको छ ।