काठमाडौँ । काठमाडौँ उपत्यकाका मुख्य चोकहरूमा युवाले स्वस्फूर्त रूपमा सडकमा उभिएर स्वयंसेवकका रूपमा ट्राफिक व्यवस्थापनमा अग्रसरता देखाएका छन् ।
‘जेनजी पुस्ता’को आन्दोलनका कारण अझैसम्म ट्राफिक प्रहरीले नियमित रूपमा काम गर्न सकेका छैनन् । कर्फ्यू हटेपछि सेना ब्यारेक फर्किए पनि ट्राफिक व्यवस्थापनमा समसइा देखिएको छ ।
एकातिर धेरै ठाउँमा ‘ट्राफिक सिग्नल’ बिग्रिएका छन् भने अर्कोतर्फ प्रहरीको उपस्थिति नदेखिँदा राजधानीका चोकहरूमा थप समस्या भएको छ ।
यस्तै अवस्थामा स्थानीय स्वयंसेवकले स्वस्फूर्त रूपमा सडकमा उभिएर सवारीसाधन र पैदल यातायातलाई सहज बनाउन सहयोग गरिरहेका छन् ।
राजधानीका विभिन्न चोकमा स्वयंसेवकको सक्रियता देखिन थालेको छ । तर दीर्घकालीन समाधानका लागि प्रहरी प्रशासन र सरकारले चाँडो पहल गर्नुपर्ने अवस्था छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया