काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा नेपालको पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारी बनृेकी छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता भण्डारीलाई नियुक्त गरेका हुन् ।
आइतबार बिहान प्रधानमन्त्री कार्कीले महान्यायाधिवक्ता बन्न भण्डारीलाई प्रस्ताव गरेको र उनले स्वीकार गरेपछि नियुक्तिको प्रक्रिया अघि बढाइएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमाराष्ट्रपति पौडेलले आइतबार वरिष्ठ अधिवक्ता भण्डारीलाई महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यो नियुक्तिसँगै भण्डारी नेपालको पहिलो महान्यायाधिवक्तासमेत बनेकी छिन् ।
आजै यसअघिका महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए ।
नवनियुक्त महान्यायाधिवक्ता भण्डारी सूचना आयोगकी पूर्वआयुक्त पनि हुन्। न्यायिक वृत्तमा सबैले गुरू मान्ने कृष्णप्रसाद भण्डारीकी छोरी हुन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया