गृह र कानुनमन्त्रीमा अधिवक्ता अर्याल

224 Shares

काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा अधिवक्ता ओमप्रकाश अर्याल गृह र कानुनमन्त्री बन्ने पक्का भएको छ । 

अधिवक्ता अर्याललाई गृह र कानुन मन्त्रालयको जिम्मेवारीसहित सामेल गराउन लागिएको हो । उनी जेनजी समूहको तर्फबाट वार्तामा सहभागी भएका थिए । 

पूर्वअर्थ सचिवसमेत रहेका रामेश्वर खनाल अर्थमन्त्री र नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उर्जासहित तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

घिसिङले भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

तीन जनाको नाम राष्ट्रपति कार्यालयमा पठाइसकिएको छ । नयाँ मन्त्रीको शपथ सोमबार हुने स्रोतले बताएको छ ।