लाइसेन्स छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द

365 Shares

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तथा वितरण कार्य अनिश्चितकालका लागि बन्द भएको घोषणा गरेको छ ।

विभागले जारी गरेको सूचनामा भदौ २३ र २४ गते भएको विरोध प्रदर्शनको क्रममा विभागको संरचनामा भएको तोडफोड, आगजनी र चोरी र लुटपाटका कारण इलेक्ट्रोनिक उपकरण, छपाइ मेशिन र सर्भरमा क्षति पुगेको उल्लेख छ । यस कारण विद्युतीय सवारी साधन दर्ता प्रणालीसहित सूचना प्रविधिसम्बन्धी सम्पूर्ण सेवा अवरुद्ध भएको विभागले जनाएको हो ।

विभागका अनुसार अर्को सूचना नभएसम्म चालक अनुमतिपत्र छपाइ र वितरण लगायतका सबै सूचना प्रविधि आधारित सेवा बन्द रहनेछ ।