प्रधान सेनापति सिग्देल शीतल निवासमा, सरकारको टुंगो गरिँदै

409 Shares

प्रधानसेनापति अशोक राज सिग्देल राष्ट्रपति निवास शीतल निवास प्रवेश गरेका छन् । अन्तरिम सरकार गठनको गृहकार्य भइरहेको समयमा सिग्देल शीतल निवास पुगेका हुन् । 

जेनजीको समर्थनमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन गर्ने सहमति भए पनि कानुनी जटिलता फुकाउनेबारे सहमति जुटिसकेको छैन । 

राष्ट्रपतिले बिहानैदेखि कानुनविद्सँग परामर्श गरिरहेका छन् ।