आज हुने एशिया कपमा बंगलादेश र हङकङ भिड्दै

251 Shares

काठमाण्डौ । एशिया कप टी–२० क्रिकेटमा आज बंगलादेश र हङकङ खेल्दैछन् । खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ ।

गएराति भएको खेलमा भारतले संयुक्त अरब इमिरेट्स ९यूएई०लाई नौ विकेटले हराएको छ । 

आठ वटा टोली सहभागी प्रतियोगिताको समूह ‘ए’ मा भारत, यूएई, पाकिस्तान र ओमान छन् ।

यस्तै समूह ‘बी’ मा अफगानिस्तान, हङकङ, बङ्गलादेश र श्रीलकां छन् । एशिया कपको फाइनल खेल आउँदो सेप्टेम्बर २८ अर्थात् असोज १२ मा हुनेछ ।