आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई शिक्षा समितिको निर्देशन

239 Shares

२३, काठमाडौं । प्रतिनिधि सभा अन्तगर्तको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले आन्दोलनरत जेन जी पुस्तासँग वार्ता गर्न सरकारलाई निर्देशन दिएका छन् । समितिको सोमवार बसेको बैठकले उक्त निर्देशन दिएको हुन् । बैठकले आन्दोलनरत सम्पूर्ण युवाहरुलाई शान्तिपूर्वक संयमित भएर आफ्ना मागहरु राख्न र गृह प्रशासनलाई संयमता अपनाई आन्दोलनका क्रममा उच्च सर्तकता अपनाउन निर्देशन दिने निर्णय गरेको समिति सभापति अम्मरबहादुर थापाले जानकारी दिए । समितिले सामाजिक सञ्जाल सन्दर्भमा तथ्यगत कुरा समितिको आगामी बैठकमा जानकारी गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन पनि दिएको छ । सभापति थापाले आन्दोलनको समस्या समाधान गर्न सरकारलाई आग्रह गरे । जेन जी आन्दोलनका कारण सोमवार काठमाडौको बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ । 

1757325648-5KZLo.jpg