अफगानिस्तानमा आएको भूकम्पमा कम्तिमा ८ सय १२ जनाको मृत्यु भएको पुष्टि

378 Shares

एजेन्सी । पूर्वी अफगानिस्तानमा आएको ६.० म्याग्निच्युडको भूकम्पमा कम्तिमा ८ सय १२ जनाको मृत्यु भएको पुष्टि भएको छ । 

दुई हजार ८ सय १७ जना घाइते भएको अफगान अन्तरिम सरकारका प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन् । 

मुजाहिदले कुनार प्रान्तको नुरगल, सुकी, वाटापुर र चापा दारा जिल्लामा धेरैजसो विनाश भएको बताएका छन् । जसमा ८ सय जनाको मृत्यु भएको पुष्टि भएको छ । 

२ हजार ५ सय जना घाइते भएका छन् । छिमेकी नान्गारहार प्रान्तमा १२ जनाको मृत्यु भएको छ । २५५ जना घाइते भएका छन् भने लगमान प्रान्तमा ५८ जना घाइते भएका छन् । नुरिस्तान प्रान्तमा ४ जना घाइते भएका छन् । मृतकको संख्या प्रारम्भिक अनुमान हो । 

मूल्याङ्कन अगाडि बढ्दै जाँदा बढ्ने सम्भावना रहेको अधिकारीले बताएका छन् । आईतवार स्थानीय समयअनुसार राति ११ः४७ बजे अफगानिस्तानको पूर्वी भागमा भूकम्प गएको थियो । 

जसको केन्द्रबिन्दु नान्गारहार प्रान्तको राजधानी जलालाबादबाट २७ किलोमिटर उत्तरपूर्वमा आठ किलोमिटर गहिराइमा रहेको थियो ।