नेपाल र बंगलादेशबीच मैत्रीपूर्ण फुटबल खेल भदौ २१ र २४ गते हुने

409 Shares

काठमाडौँ । अखिल नेपाल फुटबल सघं एन्फाको आयोजनामा नेपाली राष्ट्रिय फुटबल टोली र बगंलादेशको राष्ट्रिय पुरुष फुटबल टोलीबीच मैत्रीपूर्ण खेल हुने भएको छ । 

यही भदौ २१ र २४ गते हुने दुई मैत्रीपूर्ण फुटबल खेल त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एन्फाका प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । 

उहाँका अनुसार बंगलादेशको राष्ट्रिय फुटबल टोली यही भदौ १८ गते नेपाल आइपुग्नेछ ।

बगंलादेशी टोलीलाई अभ्यासका लागि भद्रकालीस्थित नेपाली सेनाको खेल मैदान र ललितपुरको च्यासलस्थित च्यासल रङ्गशालाको मैदानको व्यवस्था गरिएको एन्फाले जनाएको छ । 

उक्त खेलका लागि भिआइपी प्याराफिटतर्फ रु एक हजार र साधारण प्याराफिटर्फ रु पाँच सय टिकट दर निर्धारण गरिएको छ ।