वायुप्रदूषण नियन्त्रणका लागि हरियाली कार्यक्रम विस्तार गछौंः मन्त्री शाही

247 Shares

काठमाडौँ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले वायुप्रदूषण नियन्त्रणका लागि युरो–६ मापदण्डको कार्यान्वयन र सहरी हरियाली विस्तारजस्ता कार्य अघि बढाइएको बताउनुभएको छ ।

वातावरण विभागले आज आयोजना गरेको राष्ट्रिय वायु गुणस्तर व्यवस्थापन कार्ययोजनासम्बन्धी कार्यशालामा मन्त्री शाहीले प्रदूषणका प्रमुख स्रोतहरूको पहिचान, इन्धन गुणस्तरमा सुधार, विद्युतीय सवारीसाधनलाई प्रोत्साहन, उद्योगमा स्वच्छ प्रविधिको प्रवद्र्धनलगायत कार्य अघि बढाइएको उल्लेख गर्नुभयो ।

यस गम्भीरतालाई बुझ्दै नेपाल सरकारकोतर्फबाट पछिल्ला वर्षमा विभिन्न पहल अघि बढाइएको र काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना तयार गरिएको मन्त्री शाहीले बताउनुभयो ।

वायुप्रदूषण कुनै एक देश वा सीमाभित्र मात्र सीमित समस्या नभएको उल्लेख गर्दै उहाँले यसको समाधान पनि बहुपक्षीय सहकार्यबाटै सम्भव हुने बताउनुभयो । साथै उहाँले अन्तरराष्ट्रिय, क्षेत्रीय, राष्ट्रिय र स्थानीय सबै तहमा सहकार्य र साझेदारीलाई अझ सुदृढ बनाउन जोड दिनुभयो ।

मन्त्री शाहीले मन्त्रालयमार्फत, दातृ निकाय, सङ्घसंस्था, नागरिक समाज, निजी क्षेत्र, प्रदेश तथा स्थानीय सरकार र समुदायसँग हातेमालो गर्दै, सबैको साझा प्रयासमा कार्ययोजना तयार हुनेमा प्रतिबद्धता व्यक्त गनुभयो ।