काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालमा जलविद्युतको अपार सम्भावना रहेको बताउनुभएको छ ।
काठमाडौंको भृकुटीमण्डपमा शुक्रवार नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एण्ड होम अपलायनसेस अन्तर्राष्ट्रिय प्रदर्शनीको शुभारम्भ गर्दै मन्त्री भण्डारीले विद्युतको सम्भावनासँगै विद्युतीय सामग्रीहरुको प्रयोग पनि त्यत्तिकै बढिरहेको बताउनुभएको हो ।
उहाँले नेपालले विद्युत छिमेकी देशमा पनि बेच्न सक्ने र विद्युतीय सामग्रीको प्रयोग अझ बढाउन सक्ने बताउनुभयो । साथै नेपाल आफ्नो उत्पादनलाई वृद्धि गर्न र गुणस्तरमा प्रतिष्पर्धा गर्न तयार रहेको बताउनुभयो ।
नेपालमा विद्युतको क्षेत्रमा लगानी बढाउन पनि विदेशी कम्पनीहरुलाई आह्वान गर्नुभयो ।
मन्त्री भण्डारीले आजको बजारमा वस्तुहरुको उत्पादन र बजारीकरणको होडबाजी रहेको उल्लेख गर्दै आफ्नो उत्पादनको बजारीकरण गर्ने होडबाजी रहेको बताउनुभएको छ ।
उक्त प्रतिष्पर्धामा नेपालका कम्पनीहरु पनि रहेको जिकिर गर्नुभयो । सरकारको तर्फबाट लगानी सहजीकरण गर्न र नीतिमा पनि सहुलियत दिएर प्रोत्साहित गरिरहेको बताउनुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया