संघीय निजामति, भूमि तथा शिक्षा विधेयक यही महिनाभित्र पारित गर्ने तयारी

231 Shares

काठमाडौं । महत्वपूर्ण तीनवटा विद्येयक यही भदौ महिनाभित्र पारित गर्ने तयारी भएको छ । 

प्रतिनिधिसभाअन्तर्गत आज बस्ने कार्य व्यवस्था तथा परामर्श समितिको बैठकले विधेयक पारित गर्ने कार्यतालिका अनुमोदन गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । 

आजको बैठकले भूमिसम्बन्धी विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ । 

त्यसैगरी भदौ १९ गते संघीय निजामती विधेयक पारित गर्ने र भदौ २६ गते संसदबाट शिक्षा विधेयक पारित गर्ने तयारी भएको छ ।

आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराउने संघीय संसद सचिवालयले जनाएको छ ।