पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको अध्यक्ष बनाउन सकिदैनः प्रधानमन्त्री ओली

राष्ट्रपति भइसकेको व्यक्ति उम्मेदवार बन्ने र बनाउने गल्ती नगर्न आग्रह

276 Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको अध्यक्ष बनाउन नसकिने स्पष्ट पारेका छन् । 

बिहीवार काठमाडौं जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरुसँगको अनौपचारिक छलफलका क्रममा बोल्दै नेकपा एमाले अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । 

राष्ट्रपति भइसकेको व्यक्तिको सम्मानका लागि पनि फर्किएर आएर उम्मेदवार बन्ने र बनाउने गल्ती गर्न नहुने बताएका छन् । 

महाधिवेशनमा जित्दा धेरै राम्रो भएपनि जित्ने आधार नरहेको तर्क गरेका छन् । 

महाधिवेशनमा हारेपछि भीम रावलको तरिकाबाट असन्तुष्ट हुने, खाँबो चिथोर्ने काम गर्न शुरु गर्ने बताएका छन् । 
प्रधानमन्त्री ओलीले संघर्षको मैदानमा सबैको आँखामा हाल्दा नबिझाउने लालगेडी भएर आन्दोलन नचल्ने टिप्पणी गरेका छन् ।