एजेन्सी । दक्षिणी गाजा पट्टीको खान युनिसमा रहेको नासेर अस्पतालमा इजरायली आक्रमणमा पाँच पत्रकारसहित कम्तिमा २० प्यालेस्टिनीको मृत्यु भएको छ ।
इजरायली सेनाले घटनाको प्रारम्भिक अनुसन्धान सुरु गरेको बताएको छ । गाजास्थित स्वास्थ्य अधिकारीहरूको प्रेस विज्ञप्तिअनुसार इजरायली युद्धविमानहरूले नासेर अस्पतालको चौथो तल्लालाई निशाना बनाएका थिए ।
जसमा २० जनाको मृत्यु भएको थियो । धेरै जना घाइते भएका थिए ।
अधिकारीहरूले दक्षिणी गाजामा रहेको एक मात्र कार्यरत सार्वजनिक अस्पतालमा भएको यस हवाई आक्रमणको निन्दा गर्दै अन्तर्राष्ट्रिय समुदायलाई गाजामा मानवीय कर्मचारीहरूको सुरक्षाको लागि तत्काल कारबाही गर्न आह्वान गरेका छन् ।
इजरायली युद्धविमानहरूले कम्तिमा एउटा मिसाइलले अस्पताललाई निशाना बनाएका थिए ।
त्यसपछि चिकित्सा टोली मृतक र घाइतेहरूलाई लिन आइपुगेपछि दोस्रो आक्रमण भएको थियो ।
अक्टोबर ७, २०२३ देखि गाजामा इजरायली सेनाको गोलीबाट मारिएका पत्रकारहरूको कुल संख्या २४५ पुगेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया