काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीलाई जनताले विश्वास नगरे देश नबच्ने टिप्पणी गर्नुभएको छ ।
बुधवार काठमाडौंमा पोष्टबहादुर बोगटी स्मृति राष्ट्रिय उर्जा संवाद, २०८२ लाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले जनताले अब पनि माओवादीलाई विश्वास नगरे देश दुर्घटनामा पर्ने बताउनुभएको हो ।
अध्यक्ष प्रचण्डले माओवादीले सरकारमा रहेर राम्रा बाहेकका काम नगरेको जिकिर गर्नुभयो । उहाँले नेपाली काँग्रेस र नेकपा एमाले भ्रष्टाचारमा लिप्त रहेको आरोप समेत लगाउनुभयो ।
वर्तमान सरकार डरबाट बनेको दाबी गर्दै सुशासन दिनका लागि नबनेको बताउनुभयो ।
अध्यक्ष प्रचण्डले माओवादीअनुसारको पाठ्यक्रम, योजना र नीतिहरु बन्नुपर्नेमा त्यसो हुन नसकेको बताउनुभयो ।
माओवादीले पनि विगतमा गरेका कमी, कमजोरीहरु सच्याएर अघि बढ्नुपर्ने जरुरी रहेको अध्यक्ष प्रचण्डको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया