सदाचार नीतिको मस्यौदाप्रति वामदेवको आपत्ति

संविधानमै लोकतन्त्रमा आधारित समाजवाद उल्लेख गरिएपनि नेताले व्यवहारमा लागु गर्न नसकेको आरोप

252 Shares

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राष्ट्रिय सदाचार नीतिको मस्यौदा लोकतन्त्रमा आधारित समाजवादउन्मुख नभएको भन्दै आपत्ति जनाउनुभएको छ । 

बुधवार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सदाचार नीतिको मस्यौदामाथिको छलफलमा बोल्दै नेता गौतमले स्पष्ट संरचना समेत नभएको कारण कुनैपनि हालतमा यो सदाचार नीति लागू गर्न नमिल्ने जिकिर गर्नुभएको हो । 

उहाँले सदाचार नीतिबाट आफूले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण होस् भन्ने चाहेको उल्लेख गर्नुभयो ।

नेता गौतमले बाघ भगाउन बम पड्काउनुपर्ने भन्दै भ्रष्टचारीलाई कारबाही गर्नेबारे नीतिमा कहाँ उल्लेख छ ? भन्दै प्रश्न गर्नुभयो । 

उहाँले संविधानमै लोकतन्त्रमा आधारित समाजवाद उल्लेख गरिएपनि नेताहरुले व्यवहारमा लागु गर्न नसकेको आरोप लगाउनु भयो । 

शिर्ष तहको बोलि र व्यवहार फरक भएकै कारण मुलुक बर्बादीतर्फ गइरहेको उहाँको आरोप छ ।