काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्बीसुब्बा गुरुङले भारत–चीनबीच भएको कालापानी, लिपुलेक र लिम्पियाधुरामार्फत द्विपक्षीय व्यापार सहमतिबारे भारतलाई मात्र नभई चीनलाई समेत प्रश्न गर्नुपर्ने बताउनुभएको छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बुधवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री गुरुङले भारत र चीनबीच भएको व्यापार सहमतिबारे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मात्र नभई चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि प्रश्न गर्ने बेला आएको बताउनुभएको छ ।
चीनले लिपुलेक क्षेत्र नेपालको हो भन्ने थाहा पाउँदा पाउँदै भारतसँग सहमति गरेर नेपालसँगको सीमा सम्झौताबारे अस्पष्ट नीति लिएको आरोप लगाउनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणमा यो विषयमा वार्ता हुने पनि उहाँको भनाइ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया