चितवन । चितवनको सौरहामा हात्तीलाई वनभोज खुवाइएको छ।
१४ औं अन्तर्राष्ट्रिय हात्ती दिवसको अवसरमा मंगलवार सौरहामा रहेका हात्तीलाई वनभोज खुवाइएको हो । युनाइटेड हात्ती सञ्चालक सहकारी संस्था लिमिटेडले बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा गरेको हात्ती वनभोज कार्यक्रममा चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष तथा निजीस्तरमा पालिएका हात्तीलाई वनभोज खुवाइएको हो । वनभोजमा सरकारी र निजी गरेर ६० वटा सहभागी थिए ।
निजी ३८, निकुञ्जका १९ र राष्ट्रिय प्रकृति संरक्षण कोषका तीन वटा हात्ती वनभोजमा सहभागी थिए । वनभोजमा हात्तीलाई मन पर्ने परिकार सख्खर, चना, फर्सी, उखु, ड्रागनफूड, स्याउ, केरा, खरबुजाका परिकार राखिएको थियो। हरेक वर्ष अगष्ट १२ का दिन हात्ती संरक्षणको उद्देश्यले यो दिवस मनाइन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया