काठमाडौँ। २०८२ साल श्रावण २८ गते बुधबार तदनुसार १३ अगस्ट २०२५ । चतुर्थी तिथी ६ घडी ११ पला उप्रान्त पञ्चमी तिथी प्रारम्भ हुनेछ । उत्तरभाद्र नक्षत्र १८ घडी २४ पला उप्रान्त रेवती नक्षत्र प्रारम्भ हुनेछ । धृति योग कौलव करण आज बिहान सूर्योदय ५:३३ मा भयो भने सूर्यास्त साँझ ६:४५ मा हुनेछ। आज बुधबार चन्द्रमा मिन राशिमा ।
मेष राशि
आयमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ। स्वास्थ्यमा उतारचढाव आउनेछ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने सम्भावना देखिन्छ ।
वृष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । दाम्पत्य जीवनमा माधुर्यता छाउनेछ। माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । मानसम्मान प्राप्त हुने देखिन्छ ।
मिथुन राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । कुरा काट्नेहरू सक्रिय रहनेछन्। दौडधुपमा समय व्यतीत भएर जानेछ । सानो वादविवादले पनि ठूलो धन जनको क्षति व्यहोर्नुपर्ने हुँदा सजगताका साथ अगाडि बढ्नुहोला ।
कर्कट राशि
राजनीतिमा असफलता पाइने देखिन्छ । काममा उत्तरचढाव आउने देखिन्छ । विद्यामा बाधा आउनुका साथै विश्वास गरेका छ । साथीभाइबाट धोका पाउने देखिन्छ ।
सिंह राशि
कार्यमा बाधा आएमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ। पारिवारिक कलह बढेर जानेछ। शैक्षिक क्षेत्रमा कमी आउनुका साथै पशु तथा चौपायाबाट घाटा बेहोर्नुपर्ने देखिन्छ ।
कन्या राशि
धर्मकर्म तर्फ मन जानेछ। व्यापार व्यवसायमा वृद्धि भएर जाने देखिन्छ। शत्रु पक्षबाट तपाईंकै जित हुनेछ । स्थानान्तरणको योग रहेको छ।
तुला राशि
अधुरा काम पूरा भएर जानेछन् । शेयर कारोबारमा सफलता पाउनुका साथै पारिवारिक सरसहयोग मिल्ने देखिन्छ । कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् ।
वृश्चिक राशि
बोलीको प्रभाव बढेर जानेछ । लेखन शैलीमा तीव्रता आउने देखिन्छ । सामाजिक कार्यमा समय व्यतीत भएर जानेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ।
धनु राशि
दाम्पत्य जीवनमा माधुर्यता छाउनेछ। आफन्तको सरसहयोगले कार्यमा थप हौसला प्राप्त हुने देखिन्छ । लामो दूरीको यात्राको योग रहेकाले मनमा खुसी छाउनेछ।
मकर राशि
खर्चको मात्रा बढेर जानेछ। बोलीमा कठोरता आउनाले हातमा परेको धनसमेत उम्कन सक्ने देखिन्छ । प्रेमीप्रेमिकाबीच कलह बढेर जाने देखिन्छ ।
कुम्भ राशि
लामो दुरीको यात्राको योग रहेता पनि वादविवादको सामना गर्नुपर्नेछ। साथीभाइको अपहेलित हुनुपर्ने देखिन्छ । चोटपटकको सम्भावना बढेर गएको छ।
मीन राशि
झुठा आरोपको सामना गर्नुपर्ने देखिन्छ। लेखन शैलीमा कमी आउनेछ । धार्मिक कार्यमा बाधा आउनुका साथै मानसम्मानमा समेत आघात पुग्ने देखिन्छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया