भ्रातृ संस्थाहरुको अधिवेशन गराउन काँग्रेसले पारित गर्‍यो निर्देशिका

319 Shares

काठमाडौँ । नेपाली काँग्रेसले भ्रातृ संस्थाहरूको अधिवेशन सम्पन्न गर्न बनाइएको निर्देशिका पारित गरेको छ ।

सोमबार पार्टी केन्द्रिय कार्यालय सानेपामा बसेको पदाधिकारी र निर्देशन समितिको संयुक्त बैठकले निर्देशिका पारित गरेको पार्टी प्रचार विभाग प्रमुख मिन विश्वकर्माले जानकारी दिनुभयो । बैठकपछि कुराकानी गर्दै उहाँले भ्रातृ संस्थाहरुको अधिवेशन सम्पन्न निर्देशन समितिको काम, कर्तव्य र अधिकारसम्बन्धी विषयमा तयार गरिएको निर्देशिका पारित गरिएको जानकारी दिनुभयो । उहाँले निर्देशिकालाई अन्तिम रुप दिनका लागि भ्रातृ संस्था तथा निर्देशन समितिहरुसँग सुझाव लिइएको बताउनु भयो । 

बैठकमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू लगायतको उपस्थिति रहेको थियो ।