काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले मुद्दाको हारजितको आधारमा कानून व्यवसायीको पारिश्रमिक निर्धारण गर्नु उपयुक्त नहुने बताउनुभएको छ।
सोमबार प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयकमाथिको छलफलमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आर्थिक अभावको कारणले धेरै नागरिकहरुले न्याय नपाएएको उल्लेख गर्दै आर्थिक अवस्था कमजोर भएका व्यक्तिको मुद्दा लड्दा जितेको खण्डमा कानून व्यवसायीले पारिश्रमिक पाउने व्यवस्था गर्नुपर्ने बताउनु भयो । असहाय नागरिकका लागि मुद्दा जितेपछि मात्र पारिश्रमिक दिने व्यवस्था विधेयकमा समावेश गर्नुपर्ने उहाँको धारणा छ ।
न्याय प्राप्तिमा समान पहुँच सुनिश्चित गर्नका लागि कानूनी सुधार आवश्यक रहेकोले विधेयकलाई थप समृद्ध बनाउनुपर्नेमा उहाँको जोड छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया