404
Shares
काठमाडौं । साउन महिनाको आज अन्तिम सोमबार भगवान शिवको पूजा आराधाना गर्ने भक्तजनहरुको पशुपति नाथलगायत देशभरका शिवालयहरुमा भीड लागेको छ।
साउन महिनालाई शिवको विशेष महिना मानिन्छ । साउनभर ब्रत बस्ने भक्तजनहरुले आज व्रत समापन गर्ने गर्दछन् । साउन महिनाको सोमबार शिवको पूजा आराधान गरे मनोकांक्षा पुरा हुने धार्मिक विश्वास रहेको छ ।
शिव पुराण लगायत धार्मिक ग्रन्थहरुमा शिव महिमाको बारेमा उल्लेख गरिएको छ । साउन महिनामा शिवको पूजा आाराधनासहित महिलाहरुले हरियो चुरा र बस्त्र लगाई शिवको पूजा आराधना गर्ने गर्दछन् । यसबाट शिवभक्तिसँगै मानव र प्रकृतिबीचको सम्बन्धलाई पनि उजागर गर्ने धार्मिक मान्यता रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया