सामाजिक परिवर्तनको क्षेत्रमा सबैले हातेमालो गरौँः सभापति देउवा

309 Shares

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सामाजिक परिवर्तनको लागि सबैले हातेमालो गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समानुपातिक समावेशी सिद्धान्त अनुरुप उपलब्धीहरु नयाँ संविधानमार्फत प्राप्त भएको बताउनुभयो । 

उहाँले संविधानको प्रश्तावनामा नै अनेक प्रकारका विभेद, उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि, सामाजिक न्याय राखेर अहिले त्यसको कार्यान्वयन भइरहेको बताउनु भयो । आदिवासी जनजातिको आत्मसम्मानका लागि नेपाली काँग्रेस संवेदनशील रहेको पनि बताउनु भयो । 

सभापति देउवाले आदिवासी, जनजातिको परम्परा र भेषभुषालाई संरक्षण र संवर्द्धन गर्दै आइरहेको बताउनु भयो ।