288
Shares
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संगठनलाई सुदृढ र बलियो बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ।
शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाल विविधताले भरिएको देश भएको र यहाँ सबै जातजाति, भाषाभाषीहरुको उच्च सम्मान हुनुपर्ने बताउनु भयो ।
जातको आधारमा नभइ समावेशी सोच र साझा भविष्यको बाटोमा अघि बढ्न आवश्यक रहेको बताउँदै सबैलाई साथमा लिएर अघि बढ्नसक्ने नेतृत्व आवश्यक हुने पनि बताउनु भयो । जातीय संकीर्णताले समाज र देश परिवर्तन गर्न नसक्ने देउवाकाे भनाइ छ ।सभापति देउवाले सबै नागरिकलाई समान व्यवहार प्राप्त हुनुपर्ने बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया