नेपाल-भारतबीच सुपुर्दगी सन्धी र कोशीमा उच्चबाँधबारे सरकारको जवाफ चाहियो: नेता खनाल

305 Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाल-भारतबीच सुपुर्दगी सन्धी हुन लागेको भन्दै सरकारको जवाफको माग गर्नुभएको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो खुलासा गर्नुभएको हो । उहाँले नेपाली समाजमा नेपालको राष्ट्रियतामाथि झनझन खतरा बढिरहेको बताउनु भयो । 

सुपुर्दगी सन्धी गरिरहँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर सुपुर्दगी सन्धी गर्न सकेन भने त्यसले नेपालको राष्ट्रियतामाथि अर्को हमला हुने उहाँले जिकिर गर्नुभयो । यसबारे सबै देशभक्तहरु सचेत हुन जरुरी रहेको बताउनु भयो । कोशी उच्चबाँध बाँधिने कुरा आइरहेको भन्दै यसबारे पनि सरकारले नागरिकहरुलाई जानकारी गराउनुपर्ने बताउँदै यो नेपालको राष्ट्रिय हितमा गरिँदैछ की छैन भन्नेकुरा स्पष्ट पार्न जरुरी रहेको बताउनु भयो । नेपालको राष्ट्रिय हितलाई ग्यारेन्टी गर्ने कुरालाई ध्यानमा राखेर मात्रै कुनैपनि ठूला उच्चबाँधहरु बाँधिनुपर्ने उहाँकाे भनाइ थियाे ।

सम्मानित नेता खनालले नागरिकता विधेयकमा कसैलाई नागरिकता दिनुपर्यो भने त्यो नागरिकको आमाको नाम भएपनि पुग्ने र बाबुको नाम नराखेपनि हुने भन्ने कुराको व्यवस्था गर्न लागिएको भन्दै आपत्ति जनाउनु भयो । यसको उद्देश्य उत्तरबाट लामो समयदेखि प्रवेश गरेर नेपालमा बसोवास गरिरहेका करिब ४० हजार मानिसलाई नागरिकता दिनुरहेको बताउनु भयो ।