काँग्रेस-एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मै रहन्छः प्रधानमन्त्री

375 Shares

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस-एमाले गठबन्धन सरकार ०८४ को निर्वाचनसम्मै जाने बताउनुभएको छ।

शुक्रबार महोत्तरीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिलेको सरकार नेकपा एमाले र नेपाली काँग्रेसको अगुवाईमा बनेको संयुक्त सरकार रहेको र आफूले नेतृत्व गरिरहेको बताउनु भयो । अहिलेको सरकारले विकासको अठोट लिएको र अब एक वर्षमा आफूले प्रधानमन्त्री रहँदा धेरै विकास निर्माणका कामहरु गर्ने बताउनु भयो । 

प्रधानमन्त्री ओलीले आगामी निर्वाचनसम्मै सरकारले विकास निर्माणका काममा अघि बढ्ने बताउनु भयो ।