२०८२ साल श्रावण ८ गते बिहीबारः यस्ताे छ आजकाे राशिफल

305 Shares

काठमाडाैं । २०८२ साल श्रावण ८ गते बिहीबार । तदनुसार २४ जुलाई २०२५ औंशी तिथी ४८ घडी ४३ पला उप्रान्त प्रतिपदा तिथी प्रारम्भ हुनेछ । पुनर्बशु नक्षत्र ३० घडी ४८ पला उप्रान्त तिष्य प्रारम्भ हुनेछ । हर्षण योग चतुष्घ्न करण आज बिहान सूर्योदय ५ः२३ मा भयो भने सूर्यास्त ६:५६ मिनेटमा हुनेछ। आज बिहीबार चन्द्रमा मिथुन राशिमा

मेष राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। शत्रुपक्षबाट तपाईंकै जीत हुने देखिन्छ । लामो दुरीको यात्राको अवसर जुट्नेछ। पारिवारिक सहयोगले अधुरा काम पूरा भएर जाने देखिन्छ।

वृष राशि
बोलीको प्रभाव बढेर जानेछ । नयाँ कार्यको थालनी हुनुका साथै मानसम्मानमा वृद्धि भएर जानेछ। दाजुभाइको सहयोग पाइने योग छ । भोजभतेरमा सहभागी हुने अवसर जुट्नेछ।

मिथुन राशि
धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ । गरिरहेको काममा सफलता प्राप्त गर्न सकिनेछ। लेखनशैलीमा सफलता मिल्नेछ। धार्मिक तीर्थस्थलहरूको भ्रमण गरिने योग रहेको छ।

कर्कट राशि
अनावश्यक विवादको अन्त्य भएर जानेछ । खर्चमा कमी भएर जानेछ । स्वास्थ्यमा सुधार भएर जानेछ । स्थायी सम्पत्तिमा वृद्धि हुनुका साथै बोलीमा आएको मिठासले सबैको प्यारो बनिनेछ।

सिंह राशि
कार्यमा बाधा र आयमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ । लेखनशैलीमा कमी आउनेछ। सामाजिक काममा वादविवादको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।

कन्या राशि
कृषि तथा चौपायबाट राम्रै आम्दानी गर्न सकिनेछ। पराक्रम बढेर जानेछ । जलीय पदार्थबाट राम्रै आम्दानी गर्न सकिनेछ।  व्यवसायमा प्राप्त सफलताले सबैको प्यारो बनिनेछ। सौन्दर्यतामा मन जानेछ।

तुला राशि
बोलीमा कठोरता हुनेछ । सामाजिक कार्यमा अनावश्यकरूपमा वादविवादको सामना गर्नुपर्नेछ। शेयर कारोबारमा घाटा भएर जानेछ। आर्थिक क्षेत्रमा कमी आउनाले मानसिक तनाव बढेर जानेछ।

वृश्चिक राशि
पराक्रम बढेर जानेछ । स्थायी सम्पत्तिमा वृद्धि भएर जानेछ। पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ। विश्वास गरेका साथीभाइको सहयोगमा नयाँ कार्यको थालनी हुनेछ।

धनु राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ। स्थानान्तरणको योग रहेको छ। दाजुभाइमा कलह बढेर जानेछ । गरिरहेको काममा अनावश्यक विवाद बढेर जाने देखिन्छ।

मकर राशि
झुटा आरोपको सामना गर्नुपर्नेछ । पारिवारिकरूपमा अनावश्यकरुपमा वादविवादको सामना गर्नुपर्नेछ। गर्छु भनेको काममा पनि वादविवादको सामना गर्नुपर्ने देखिन्छ।

कुम्भ राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ । जग्गा जमिनसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। पुराना साथीभाइसँग भेटघाट हुनाले रमाइलोमा समय व्यतित भएर जाने देखिन्छ।

मीन राशि
न्यायिक  कार्यमा तपाईँकै जीत हुने देखिन्छ । प्राविधिक कार्यबाट राम्रै आम्दानी गर्न सकिनेछ। पतिपत्नीबीच माधुर्यता छाउनेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ।