काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले समावेशी संविधान बनाएसँगै कौडा र देउडा मूलधारमा आएको बताउनुभएको छ ।
सोमवार काठमाडौंमा स्व. गायक अरुण थापा मगरको २६ औं स्मृति दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले आफू पर्यटनमन्त्री भएपछि संस्कृति नीति बनाउने काममा लागेको र अहिले मन्त्रीपरिषद्मा पुगेको बताउनु भयो । संस्कृति नीति कार्यान्वयनमा आएसँगै पछि परेका संस्कृतिलाई मूल धारमा ल्याउने, संस्कृतिको रक्षा, संरक्षण गर्ने काममा हामी गम्भीरताका साथ लाग्ने बताउनु भयो । प्रजातन्त्र, लोकतन्त्र र नयाँ संविधानपछि बन्ने संस्कृति नीतिले पछि परेका संस्कृतिहरुको उत्थान गर्ने बताउनु भयो । अभौतिक सम्पदा संरक्षण सम्बन्धी ऐन, राष्ट्रिय सभाको समितिमा छलफलका क्रममा रहेको बताउनु भयो ।
मन्त्री पाण्डेले भौतिक विषयका साथै अभौतिक विषयहरु पनि संवद्र्धन र विकसित गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया