२०८२ साल श्रावण ५ गते सोमबारः यस्ताे छ आजकाे राशिफल

317 Shares

काठमाडौँ । २०८२ साल श्रावण ५ गते सोमबार तदनुसार २१ जुलाई २०२५ । एकादशी तिथी ७ घडी २७ पला उप्रान्त द्वादशी तिथी प्रारम्भ  हुनेछ । रोहिणी नक्षत्र ३८ घडी ४९ पला उप्रान्त मृगशिरा प्रारम्भ हुनेछ । बृहि योग कौलव करण आज बिहान सूर्योदय ५ः२२ मा भयो भने सूर्यास्त ६:५७ मिनेटमा हुनेछ। आज सोमबार चन्द्रमा बृष राशिमा ।

मेष राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। सञ्चित धनको नाश हुनेछ। मानसम्मानमा आघात पुग्नेछ। पारिवारिक कलहले गर्दा गरिरहेको काममा समेत बाधा आउने देखिन्छ। 

वृष राशि
सौन्दर्यतामा मन जानेछ । परिवारमा नयाँ कार्यको थालनी हुनेछ। प्रेमी-प्रेमिकाबीच माधुर्यता छाउनेछ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ। धनमाल जोडिने योग रहेको छ।

मिथुन राशि
अध्ययन अध्यापनमा सफलता मिल्नेछ । वैदेशिक कार्यबाट मनग्य लाभ लिन सकिनेछ। माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। पराक्रममा वृद्धि भएर जाने देखिन्छ। 

कर्कट राशि
काममा ढिलासुस्ती भएर जानेछ । मुद्दा मामिलामा फसिने योग छ। लेखनशैलीमा कमी आउनुका साथै धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ।

सिंह राशि
शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ । बोलीमा माधुर्यता छाउनेछ। आर्थिक क्षेत्रमा सुधार भएर जाने देखिन्छ। पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनीसमेत हुने देखिन्छ।

कन्या राशि
चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्नेछ। व्यापार व्यवसायमा घाटा बेहोर्नु पर्ने देखिन्छ । जागिरमा अर्काले गरेको गल्तीको पनि आफूले सजाय भोग्नुपर्नेछ।

तुला राशि
मानसम्मानमा आघात पुग्ने देखिन्छ । लेखनशैलीमा कमी आउने देखिन्छ। अनावश्यक वादविवादमा फसिने योग छ। आफन्तमा बहिरभाव आउनेछ।

वृश्चिक राशि
जलीय पदार्थबाट मनग्य आम्दानी गर्न सकिनेछ । मानसम्मानमा वृद्धि भएर जानेछ । लेखनशैलीमा तीव्रता आउने देखिन्छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको छ।

धनु राशि
आयमा कमी विद्यामा बाधा आउने देखिन्छ । लेखनशैलीमा कमी आउनेछ । अनावश्यक विवादमा फसिने योग छ। दाजुभाइमा सानो कुरामा विवाद बढेर जाने देखिन्छ । सजग रहनुहोला।

मकर राशि
पारिवारिक कलह बढेर जानेछ । स्वास्थ्यमा उतारचढाव आउने देखिन्छ। नशासम्बन्धी समस्याले सताउने देखिन्छ । राज्यपक्षबाट कष्टता पाइने योग छ। 

कुम्भ राशि
बोलीको प्रभाव बढेर जानेछ । आयआर्जनमा वृद्धि भएर जानेछ। सामाजिक कार्यमा समय व्यतीत हुने देखिन्छ । अध्ययनमा सफलता प्राप्त हुनाले मनमा खुसी छाउने छ।  

मीन राशि
राजनीतिमा असफल भइनेछ । वैदेशिक कार्यमा बाधा आउने छ । कृषि तथा चौपायबाट घाटा बेहोर्नु पर्नेछ । कुरा काट्नेहरू सक्रिय रहनेछन् । पठनपाठनमा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ।