काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति एवं एमाले नेतृ विद्या भण्डारीबीच सहमतिबाटै समस्या समाधान गर्ने समझदारी बनेको छ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा भएको वान टु वान वार्ताका क्रममा दुई नेताहरुबीच उकले अर्कोलाई विभाजित गरेर नभइ सहमति र समझदारी बनाएर अघि बढ्ने निष्कर्ष निस्केको हो । छलफलबारे जानकारी दिँदै पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले छलफल सकारात्मक ढंगले अघि बढेको र राजनीतिले नै सम्बन्धलाई अघि बढाउने बताउनु भयो ।
दुई नेताहरुले आज आफूलाई लागेका कुराहरु खुलेर राख्नुभएको र अब कुनैपनि हालतमा एकले अर्कालाई विभाजन गरेर अघि बढ्नसक्ने स्थिति नरहेकोमा सहमति जुटेको बताउनु भयो । अब पार्टीमा हुने गतिविधिहरु सहमति र छलफलबाटै अघि बढाउने निष्कर्ष निकालिएको बताउनु भयो ।
प्रचार विभाग प्रमुख गौतमले एकले अर्कोलाई निषेध गरेर अघि बढ्ने स्थिति नरहेको निष्कर्ष निस्किएको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया