कानूनले मात्र सञ्चार क्षेत्रलाई नियमन र नियन्त्रण गर्न खोज्नु गलतः काँग्रेस सांसद भण्डारी

270 Shares

काठमाडौं । नेपाली काँग्रेसका सांसद चन्द्रकान्त भण्डारीले प्रविधिको बढ्दो विकासले आम मानिसको सामाजिक जीवनलाई चुनौती दिँदै गएको बताउनु भएको छ।

प्रतिनिधि सभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आइतबारको बैठकमा मिडिया काउन्सिल विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सांसद भण्डारीले यस्तो धारणा राख्नुभएको हो । उहाँले बढ्दो प्रविधिको विकासले सामाजिक–सांस्कृतिक जीवनमा समेत नकारात्मकता बढ्दै गएको बताउनु भयो । 

कानूनले मात्र सञ्चार क्षेत्रलाई नियमन र नियन्त्रण गर्न खोज्न नहुनेमा जोड दिँदै उहाँले सञ्चार क्षेत्रलाई स्वनियम र आर्टिफियिल इन्टेलिजेन्स (एआई)को सदुपयोग गर्न प्रोत्साहित गरेर विधेयक ल्याउनुपर्नेमा जोड दिनुभयो । उहाँले सञ्चारमाध्यमले प्रशारण प्रकाशन गर्ने समाचारहरु सत्य तथ्य र समाजप्रति उत्तरदायी हुनेगरी विधेयकलाई समृद्ध बनाउन जोड दिनुभयो । उहाँले सञ्चार क्षेत्रमा बढ्दो विकृति नियन्त्रण गरी सांस्कृतिक समाज निर्माणमा जोड दिन आवश्यक रहेको बताउनु भयो ।