झापा जिल्लामा भारी वर्षा, सतर्कता अपनाउन आग्रह

285 Shares

झापा । जल तथा मौसम विज्ञान विभागले झापा जिल्लामा भारी वर्षा भएको र थप वर्षा हुने पूर्वानुमानसहित तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

विभागले शनिबार बिहान ४ः४० बजे जारी गरेकाे सूचना अनुसार पछिल्लो तीन घण्टामा झापाको बाहुनडाँगी वर्षामापन केन्द्र तथा वरपरका क्षेत्रमा उल्लेख्य मात्रामा वर्षा भएको छ। 

सो क्षेत्र हुँदै बग्ने निन्दा खोला, मेची नदी तथा साना खोलाहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेकाले डुबान सम्भावित होचा भू–भागमा सतर्कता अपनाउन विभागले आग्रह गरेको हो।