302
Shares
काठमाडौं । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले प्रशासनिक संघीयतालाई सुदृढ बनाउने कुरामा आफ्नो प्राथमिकता रहने बताउनुभएको छ।
बुधबार साँझ मन्त्री पदको शपथ ग्रहण गरेसँगै पदभार ग्रहण गर्ने क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले प्रशासनिक संघीयतालाई सुदृढ नबनाइ संघीयता बलियो हुन नसक्ने बताउनु भयो ।
कर्मचारी व्यवस्थापनमा समस्या रहेको र तीन तहका कर्मचारी व्यवस्थापनको समस्यालाई समाधान गर्ने दाबी गर्नुभयो । जनतालाई सेवा प्रवाह छिटो छरितो गर्ने कुरामा आफ्नो प्राथमिकता रहने बताउनु भयो । मन्त्री न्यौपानेले जनतालाई आभाष हुनेगरी आफूले कार्य सम्पादन गर्ने दाबी गर्नुभयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया