स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी छः प्रधानमन्त्री

293 Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य बीमामा पुनःविचार गर्न जरुरी रहेको बताउनुभएको छ ।

काठमाडौंमा त्रिवि शिक्षण अस्पतालको ४३ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । स्वास्थ्य बीमाको सम्बन्धमा केही थपघट गर्न जरुरी रहेको बताउँदै उहाँले सरकारले यसबारेमा सोचिरहेको बताउनु भयो । 

स्वास्थ्य बीमामा कतिपय ठाउँहरुमा छलछाम हुने गरेको भन्दै त्यसलाई रोक्नुपर्ने बताउनु भयो । जनताको सेवा कसरी वृद्धि गर्ने भन्नेमा सरकार लागि परेको बताउनु भयो । शिक्षा र स्वास्थ्य क्षेत्रमा पुनःविचार गर्नुपर्ने अवस्था रहेको उहाँकाे भनाइ थियाे । 

प्रधानमन्त्री ओलीले निरोगी नेपाल बनाउने आफ्नो चाहना भएको बताउँदै आफूलाई १८ घण्टा काम गर्नबाट केही समस्याले नरोकेको बताउनु भयो ।