काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट तत्वहरुले हस्ताक्षर क्याम्पियन चलाएको बताउनुभएको छ।
झापाको बिर्तामोडमा आइतबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति लक्षित गर्दै भ्रष्ट तत्वहरुले हस्ताक्षर क्याम्पियन चलाएको बताउनुभएको हो ।
उहाँले सहकारीका करोडौँ झ्वाँम पार्ने, गरिब जनताका पैसा खाएर अन्याय पर्यो भन्दै हस्ताक्षर गर्ने गरेको बताउनु भयो । अदालतले थुन्ने आदेश दिएपनि एमालेमाथि प्रहार भइरहेको बताउनु भयो । उहाँले अन्याय भएको भए पुनरावेदनमा जान सुझाव दिनुभयो । भीरमा भैँसी चराउन लैजाने र चराउन नजानेर लडाएपछि निहुँ खोज्ने काम नगर्न चेतावनी दिनुभयो ।
प्रधानमन्त्री ओलीले प्रतिपक्षमा रहेका भ्रष्ट तत्वहरुले अफवाह फैल्याइरहेको बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया