296
Shares
काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले स्पेन प्रकरणसहित भिजिट भिसा प्रकरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्नुभएको छ ।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद शाहीले यस्तो माग राख्नुभएको हो । प्रमुख सचेतक शाहीले प्रधानमन्त्री सहभागि स्पेनको कार्यक्रममा सहभागि हुन गएका नेपालीहरु नफर्किएको पुष्टि भइसकेको भन्दै आवश्यक छानबिन गरी दोषीलाई कारबाही गर्न माग गर्नुभयो । उहाँले संसदीय छानबिन समिति बनाउनको लागि सरकार किन डराएको छ ? भन्दै प्रश्न पनि गर्नुभयो ।
उहाँले भिजिट भिसा दुरुपयोगसम्बन्धी अनुसन्धानका लागि छानबिन समिति नबनेसम्म आफूहरुको आन्दोलन जारी रहनेसमेत बताउनु भयो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया