देश आलोचनात्मक चेतबाट आक्रान्त भइसक्योः प्रधानमन्त्री

306 Shares

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले देश आलोचनात्मक चेतबाट आक्रान्त भइसकेको बताउनुभएको छ।

शुक्रबार विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीतिको सार्वजनिककरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले अब आलोचनात्मक चेत नभइ विश्वलेषणात्मक चेतको जरुरी रहेको बताउनु भयो । उहाँले जे कुरामा पनि आलोचना नभइ रचनात्मक सुझाव जरुरी रहेको बताउँदै अब आलोचनात्मक चेतबाट रचनात्मक टिप्पणीतिर जान जरुरी रहेको बताउनु भयो । विश्लेषण गरेपछि राम्रो र नराम्रो छुट्याउन सकिने भन्दै कमजोरी भएका ठाउँहरु देखाउन जरुरी रहेको बताउनु भयो । 

प्रधानमन्त्री ओलीले २० वर्ष उमेर पुगेपछि विवाह गरेर सन्तान जन्माउनमा युवाहरुलाई प्रेरित गर्न जरुरी रहेको बताउनुभएको छ । प्रजनन क्षमता बढी भएको बेलामा नै सन्तान जन्माउन राम्रो हुने उहाँकाे भनाइ छ ।