काठमाडाैं । गएको वैशाखयता विपद्का घटनामा परेर ८४ जनाको मृत्यु भएको छ।
यस अवधिमा विपद्मा परेर २६ जना बेपत्ता भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ गतेदेखि असार २६ गतेसम्म सबैभन्दा धेरै चट्याङबाट २४ जनाले ज्यान गुमाएका छन् । चट्याङमा परेर १५५ जना घाइते भएका छन् । चट्याङपछि आगलागीमा परेर १३ जनाको मृत्यु भएको छ भने १२७ जना घाइते भएका छन्।
त्यसैगरि जनावरको आक्रमणबाट ११ जना, उच्च हिमाली भेगमा लेक लागेर ११ जनाको मृत्यु भएको छ। यस अवधिमा वर्षा, बाढी र पहिरोमा परेर १५ जना, असिना र हावाहुरीबाट आठ जना र सर्पको टोकाइबाट २ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
त्यसैगरि जंगली जनावरको आक्रमणबाट ४३ जना, हावाहुरीबाट ३७ जना, लेक लागेर २४ जना, सर्पले डसेर २२ जना, बाढीपहिरोबाट १३ जना, वन डढेलोमा परेर २ जना, असिनाबाट १ जना र डुंगा पल्टेर १ जना घाइते भएका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया