काठमाडाैं । २०८२ साल आषाढ २७ गते शुक्रबार , तदनुसार ११ जुलाइ २०२५ । प्रतिपदा तिथी ५२ घडी १० पला उप्रान्त द्वितीया तिथि प्रारम्भ हुनेछ । पूर्वषाढा नक्षत्र ३ घडी २९ पला उप्रान्त उतरषाढा प्रारम्भ हुनेछ । बैभव योग बायब करण आज बिहान सूर्योदय ५ः१७ मा भयो भने सूर्यास्त ७:१ मिनेटमा हुनेछ। आज शुक्रबार चन्द्रमा धनु राशिमा
मेष राशि
रोकिएका कामहरू पूरा भएर जानेछन् । मातृ वात्सल्यता पाइने योग छ । धर्मकर्मतर्फ मन जाने देखिन्छ। पैत्रिक सम्पत्तिमा बृद्धि भएर जानेछ । काममा भएको लगनशीलताले ठूला व्यक्तिको प्रशंसानीय भइनेछ।
वृष राशि
साथीभाइको सहयोगले नयाँ कार्यको थालनी हुनेछ । शैक्षिक कार्यमा प्रगति भएर जाने देखिन्छ । अध्ययनमा प्राप्त सफलताले सबैको विश्वास जित्न सकिनेछ । प्रेमी प्रेमिकाबीच माधुर्यता छाउने छ।
मिथुन राशि
बोलीको प्रभाव बढेर जानेछ । धनमाल जोडिन सक्ने सम्भावना बढेर गएको देखिन्छ ।पारिवारिक सरसहयोगले काममा सफलता मिल्नुका साथै भोजभतेरमा सामेल हुने अवसर जुट्नेछ।
कर्कट राशि
स्वास्थ्यमा केही उतारचढाव आउने देखिन्छ । प्रेमीप्रेमिकाबीच मनमुटावको सृजना हुने देखिन्छ । पारिवारिक कलह बढेर जानाले मानसिक तनाव बढेर जाने देखिन्छ।
सिंह राशि
आर्थिक लेनदेनमा विवाद आउने देखिन्छ। नशासम्बन्धी समस्याले सताउने देखिन्छ । कृषि तथा चौपायाबाट हानी व्यहोर्नुपर्ने देखिन्छ । यात्रामा बाधा हुनाले मनमा चिन्ता बढेर जानेछ।
कन्या राशि
धर्मकर्मतर्फ मन जानेछ । पारिवारिक सरसहयोगले मनमा खुसी छाउनेछ । शैक्षिक कार्यमा सुधार भएर जानेछ। व्यापार व्यवसायमा वृद्धि हुनुका साथै सामाजिक उत्तरदायित्व बढेर जानेछ।
तुला राशि
आयमा वृद्धि भएर जानेछ । बोलीको प्रभाव बढ्नुका साथै आकस्मिक धनलाभ मिल्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन्।
वृश्चिक राशि
अनावश्यकरूपमा अपजसको सामना गर्नुपर्नेछ । बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने देखिन्छ । आकस्मिकरुपमा खर्चको मात्रा बढेर जानेछ।
धनु राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ। मानसम्मानमा वृद्धि भएर जानेछ। पारिवारिक सरसहयोगले काममा थप हौसला प्राप्त हुनुका साथै आर्थिक क्षेत्रमा समेत सुधार भएर जानेछ।
मकर राशि
न्याय कार्यमा तपाईँकै जित हुने देखिन्छ । सामाजिक काममा समय व्यतीत भएर जानेछ। शृंगारतर्फ मन जानुका साथै पैत्रिक सम्पत्तिमा वृद्धि भएर जाने देखिन्छ।
कुम्भ राशि
साझेदारी काममा वृद्धि भएर जानेछ । माङ्गलिक कार्यमा सहभागी भइनेछ। पठनपाठनमा सफलता प्राप्त गर्नुका साथै व्यवसायिक काममा भएको प्राप्त सफलताले सबैको विश्वास जित्न सकिनेछ।
मीन राशि
खर्चको मात्रा बढेर जानेछ। अनावश्यक विवादको सामना गर्नुपर्नेछ । बौद्धिक कार्यमा बाधा आउनेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने हुँदा खानपानमा विचार पुर्याउनुहोला।
फेसबुकबाट तपाईको प्रतिक्रिया