काठमाडौँ । २०८२ साल आषाढ २६ गते बिहीबार तदनुसार १० जुलाइ २०२५ । पूर्णिमा तिथी ५१ घडी ४२ पला उप्रान्त प्रतिपदा तिथी प्रारम्भ हुनेछ । मुल नक्षत्र ० घडी १६ पला उप्रान्त पूर्वषाढा प्रारम्भ हुनेछ । ऐन्द्र योग भर करण आज बिहान सूर्योदय ५ः१७ मा भयो भने सूर्यास्त ७:१ मिनेटमा हुनेछ। आज बिहीबार चन्द्रमा धनु राशिमा ।
मेष राशि
सामाजिक काममा बाधा आउनेछ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । मानसम्मानमा आघात पुग्नेछ। बोलीमा आएको कठोरताले हातमा परेको धनसमेत उम्कन सक्ने देखिन्छ।
वृष राशि
प्राविधिक क्षेत्रमा सफलता पाइने योग छ । शेयर कारोबारमा वृद्धि भएर जानेछ। मानसमान मिल्नेछ । जीवन साथीको सहयोगले काममा थप हौसला प्राप्त नहोला भन्न सकिँदैन।
मिथुन राशि
पराक्रममा वृद्धि भएर जानेछ । शैक्षिक क्षेत्रमा उन्नति भएर जाने देखिन्छ। साथीभाइबाट प्राप्त सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ। रोजगारीको सम्भावना बढेर गएको देखिन्छ।
कर्कट राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ । काममा ढिलासुस्ती भएर जानेछ। गरिरहेको काममा बाधा आउनुका साथै धनमाल हराउन सक्ने सम्भावना बढेर गएको देखिन्छ।
सिंह राशि
पराक्रम बढेर जानेछ । दाजुभाइको सरसहयोगले लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ। कृषि तथा चौपायाबाट राम्रै आम्दानी गर्न सकिनेछ भने बोलीको मिठासले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।
कन्या राशि
बोलीको प्रभाव बढेर जानेछ । धनमाल जोडिन सक्ने सम्भावना बढेर गएको छ । कुरा काट्नेहरु प्रशंसा गर्न थाल्नेछन्। दाम्पत्य जीवनमा सुखसयल छाउनुका साथै प्रेम गर्ने अवसर जुट्नेछ।
तुला राशी
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । झुटा आरोप लाग्न सक्ने सम्भावना बढेर गएको छ। अकस्मात स्वास्थ्यमा उतारचढाव आउनुका साथै मानसम्मानमा आघात पुग्ने देखिन्छ।
वृश्चिक राशि
अध्ययन अध्यापनमा सफलता पाइने योग छ । बोलीमा मिठास छाउने छ। विपरीत लिङ्गीबाट तपाईंप्रति आकर्षित हुने देखिन्छ। आयमा सुधार भएर जानाले सबैको विश्वासिलो भइनेछ।
धनु राशि
बोलीको प्रभाव बढेर जानेछ । पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ। स्वास्थ्यमा सुधार आउनुका साथै लेखन शैलीमा तीव्रता आउनाले मनमा खुसी छाउने छ।
मकर राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ । सामाजिक कार्यमा बाधा आउनेछ । विश्वास गरेका साथीभाइबाट अपहेलित हुनुपर्दा मानसिक तनाव बढेर जाने देखिन्छ ।
कुम्भ राशि
कृषि तथा फलामसम्बन्धी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ । आफन्तको सहयोगले काममा सफलता मिल्ने देखिन्छ। पारिवारिक सहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ।
मीन राशि
मातृ स्वास्थ्यमा शिथिलता प्राप्त हुनेछ । टाउको दुख्ने समस्याले सताउने देखिन्छ। शारीरिक दुर्बलताले गर्दा काममा बाधा आउने देखिन्छ। खर्चको मात्रा बढेर जानेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया