काठमाडौं । २०८२ साल आषाढ २५ गते बुधबार । तदनुसार ९ जुलाई २०२५ । चतुर्दशी तिथी ४७ घडी ४ पला उप्रान्त पूर्णिमा तिथी प्रारम्भ हुनेछ । मुल नक्षत्र ६० घडी ० पला उप्रान्त मुल प्रारम्भ हुनेछ । ब्रह्म योग गर करण आज बिहान सूर्योदय ५ः१६ मा भयो भने सूर्यास्त ७:१ मिनेटमा हुनेछ। आज बुधबार चन्द्रमा धनु राशिमा ।
मेष राशि
आर्थिक क्षेत्रमा ह्रास आउनेछ। गरिरहेको काममा बाधा आउने देखिन्छ। विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ। अनावश्यक विवादको सामना गर्नुपर्दा मनमा चिन्ता बढेर जानेछ।
वृष राशि
शत्रुपक्षबाट तपाईँकै जित हुने देखिन्छ । बोलीमा मिठास छाउनेछ। सामाजिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ ।
मिथुन राशि
पारिवारिक सरसहयोगले कार्यमा थप हौशला मिल्ने देखिन्छ । अनावश्यक विवादको अन्त्य भएर जानेछ। लेखनशैलीमा तीव्रता आउनुका साथै मनोरञ्जनमा समय बित्ने देखिन्छ ।
कर्कट राशि
आएमा कमी आउनेछ । साथीभाइबाट आलोचित हुनुपर्ने देखिन्छ । स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। कृषि तथा चौपायबाट ह्रास आउने योग देखिन्छ। शैक्षिक क्षेत्रमा बाधा हुनाले मनमा चिन्ता बढेर जाने देखिन्छ।
सिंह राशि
कृषि क्षेत्रबाट मनग्य आम्दानी गर्न सकिनेछ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ। मानसम्मान पाइने योग छ । अध्ययन अध्यापनमा प्राप्त सफलताले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ।
कन्या राशि
नयाँ कार्यको थालनी हुनेछ । बोलीमा मिठास आउनेछ। माता पिताको सहयोगले काममा थप हौशला पाइने योग छ। विश्वास गरेका साथीभाइ भेटघाट हुनाले मनमा उत्साह उमङ्ग बढेर जानेछ।
तुला राशि
आयमा वृद्धि कार्यमा प्रगति हुनाले मनमा उत्साह बढेर जानेछ । अध्ययन अध्यापनमा सफलता पाइने योग छ । लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ । प्रेम गर्ने अवसर जुट्नेछ।
वृश्चिक राशि
व्यापार व्यवसायबाट राम्रै आम्दानी गर्न सकिनेछ। शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। स्थायी सम्पत्तिमा वृद्धि भएर जाने योग छ।
धनु राशि
साझेदारी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। लामो दूरीको यात्राको अवसर जुट्नेछ। तरल पदार्थबाट मनग्य लाभ लिन सकिनेछ । बोलीमा भएको मिठासले ठूला व्यक्तिको पनि आकर्षित हुने देखिन्छ।
मकर राशि
व्यर्थैमा झैँ झगडाको सामना गर्नुपर्ने देखिन्छ । पारिवारिक कलहले मनमा चिन्ता बढेर जाने देखिन्छ । कृषक वर्गका लागि आजको दिन त्यति राम्रो देखिँदैन। बोलीमा कठोरता आउने देखिन्छ।
मीन राशि
छालासम्बन्धी समस्याले सताउने देखिन्छ । आफन्तले गरेका अपहेलित शब्दबाट मानसिक तनाव बढेर जानेछ । विश्वास गरेका साथीभाइबाट धोका पाइने योग छ।
फेसबुकबाट तपाईको प्रतिक्रिया