काठमाडौं । २०८२ साल आषाढ २४ गते मंगलबार तदनुसार ८ जुलाइ २०२५ । त्रयोदशी तिथी ४७ घडी ४ पला उप्रान्तः चतुर्दशी तिथी प्रारम्भ हुनेछ । जेष्ठा नक्षत्र ५५ घडी ५४ पला उप्रान्त मुल प्रारम्भ हुनेछ । शुक्ल योग कौलव ककरण आज बिहान सूर्योदय ५ः१६ मा भयो भने सूर्यास्त ७:१ मिनेटमा हुनेछ। आज मंगलबार चन्द्रमा बृश्चिक राशिमा ।
मेष राशि
पराक्रम बढेर जानेछ । पठनपाठनमा सफलता कृषि तथा चौपायबाट मनग्य लाभ लिन सकिनेछ। धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नाले मनमा उत्साह बढेर जानेछ।
वृष राशि
बोलीमा सुधार भएर जानेछ । पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुनेछ। शैक्षिक कार्यमा सफलता मिल्ने योग छ। लेखन शैलीमा तीव्रता आउनाले मनमा उत्साह बढेर जानेछ।
मिथुन राशि
मुद्दा मामिलामा फसिने योग छ । सामाजिक कार्यमा विवादको सामना गर्नुपर्ने देखिन्छ। बोलीमा कठोरता आउने योग छ। लेखन शैलीमा कमी आउनाले मनमा चिन्ता बढेर जानेछ।
कर्कट राशि
गरिरहेका काममा बाधा आउने देखिन्छ । अनावश्यक विवाद बढेर जानेछ । शैक्षिक क्षेत्रमा बाधा आउने देखिन्छ । दाजुभाइमा कलह बढेर जाने देखिन्छ। शारीरिक आलस्यता बढ्ने देखिन्छ।
सिंह राशि
चोटपटकको सम्भावना बढेर गएको छ । आफन्तमा बहिरभाव आउने देखिन्छ । आलस्यतामा वृद्धि भएर जानेछ । स्वास्थ्यमा गडबढ आउने हुँदा खानपानमा विचार पुर्याउनुहोला।
कन्या राशि
स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ। मानसम्मानमा आघात पुग्ने देखिन्छ । झुटा आरोपको सामना गर्नुपर्ने देखिन्छ । बौद्धिक कार्यमा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ । सजग रहनुहोला।
तुला राशि
परिवारमा माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। साथीभाइको सहयोगले काममा सफलता पाइने योग छ। लामो समयदेखि रोकिएका कामहरु पुनः सञ्चालनमा आउने योग रहेको देखिन्छ।
वृश्चिक राशि
माङ्गलिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। पैत्रिक सम्पत्तिमा वृद्धि भएर जानेछ । गरिरहेको काममा सफलता पाइने योग छ । पतिपत्नीबीच माधुर्यता छाउनेछ। सौन्दर्यतामा मन जाने देखिन्छ।
धनु राशि
लामो यात्राको अवसर जुटे तापनि विवादको सामना गर्नुपर्ने देखिन्छ। पारिवारिक कलह बढेर जाने देखिन्छ । सञ्चित धनको नाश हुनाले मानसिक तनाव बढेर जानेछ। पैत्रिक सम्पत्तिमा विवाद आउने देखिन्छ।
मकर राशि
व्यापार व्यवसायमा सफलता पाइने योग छ । बोलीमा मिठास छाउने छ । जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ। अपरिचित व्यक्तिको सहयोगले काममा सहयोग मिल्ने देखिन्छ।
कुम्भ राशि
काममा ढिला सुस्ती भएर जानेछ। । अर्काले गरेको गल्तीको पनि आफूले सजाय भोग्नुपर्ने देखिन्छ। कुरा काट्नेहरू सक्रिय रहनेछन् । दाजुभाईमा मनमुटावको सिर्जना हुनाले मानसिक तनाव बढेर जानेछ।
मीन राशि
मानसम्मान पाइने योग छ। साझेदारी काममा सफलता पाइने योग छ। जागिरमा पदोन्नतिको सम्भावना बढेर गएको देखिन्छ। भोजभतेरमा सहभागी हुने अवसर जुट्नाले मनमा खुसी छाउनेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया