२०८२ साल आषाढ २२ गते आइतबारः यस्ताे छ आजकाे राशिफल

288 Shares

काठमाडौं । २०८२ साल आषाढ २२ गते आइतबार तदनुसार ६ जुलाइ २०२५ । एकादशी तिथी  ३८ घडी ३३ पला उप्रान्त द्वादशी तिथि प्रारम्भ  हुनेछ । बिषाखा नक्षत्र ४४ घडी २५ पला उप्रान्त अनुराधा प्रारम्भ हुनेछ । शुक्ल योग बब करण आज बिहान सूर्योदय ५ः१५ मा भयो भने सूर्यास्त ७:१ मिनेटमा हुनेछ । आज आइतवार चन्द्रमा तुला राशिमा ।

मेष राशि
बोलीको प्रभाव बढेर जानेछ । विपरीत लिङ्गीबाट प्राप्त सरसहयोगले काममा थप हौसला प्राप्त हुने देखिन्छ। शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ ।

वृष राशि 
आर्थिक क्षेत्रमा सुधार भएर जानेछ। स्वास्थ्यसम्बन्धी समस्यामा सुधार भएर जानेछ। नयाँ कार्यको थालनी हुन्छ । मानसम्मानमा वृद्धि भएर जानाले सबैको विश्वास जित्न सकिने देखिन्छ ।

मिथुन राशि 
शैक्षिक क्षेत्रमा सुधार भएर जानेछ। लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ । व्यापार व्यवसायमा प्राप्त सफलताले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ। 

कर्कट राशि 
धार्मिक कार्यमा सहभागी भइनेछ । अनावश्यक विवादको अन्त्य भएर जानेछ । धनमाल जोडिन सक्ने सम्भावना बढेर गएको छ । लेखनशैलीमा तीव्रता आउनुका साथै पराक्रममा वृद्धि भएर जाने देखिन्छ।

सिंह राशि 
आयमा वृद्धि भएर जानेछ। गरिरहेको काममा प्राप्त सफलताले सबैको विश्वास जित्न सकिनेछ। प्रेमीप्रेमिकाबीच माधुर्यता छाउनेछ। पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ। 

कन्या राशि 
आयमा कमी विद्यामा बाधा आउनाले मनमा चिन्ता बढेर जानेछ । शारीरिक आलस्यता बढेर जानेछ। विश्वास गरेका साथीभाइबाट प्राप्त धोकाले मानसिक तनाव बढेर जाने देखिन्छ ।

तुला राशि
तरल पदार्थबाट मनग्य लाभ लिन सकिनेछ । कृषि तथा पशुपालनबाट राम्रै आम्दानी गर्न सकिने योग छ। स्वास्थ्यमा सुधार आउनुका साथै लामो समयदेखि रोकिएका कामहरू पुनः सञ्चालनमा आउने देखिन्छ।

वृश्चिक राशि 
अनावश्यकरूपमा वादविवादमा फसिने योग छ। लेखन शैलीमा कमी आउने छ। पैत्रिक सम्पत्तिको विषयमा लामै बहस चल्नुका साथै काममा समेत बाधा आउने देखिन्छ ।

धनु राशि
गरिरहेको काममा सफलता प्राप्त हुनेछ । दाजुभाइमा आत्मीयता बढेर जानेछ । नयाँ कार्यको थालनी हुनाले सबैको विश्वास जित्न सकिनेछ। लामो समयदेखि फसेको धन उठ्न सक्ने सम्भावना बढेर गएको छ।

 मकर राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्नेछ । चोटपटकको सम्भावना रहेकाले सवारी साधनबाट जोगिनुपर्ने देखिन्छ। सामाजिक कार्यमा बाधा हुनुका साथै अपजसको सामना गर्नुपर्ने देखिन्छ।

कुम्भ राशि
पारिवारिक सरसहयोगले नयाँ कार्यको थालनी हुने देखिन्छ। कुरा काट्नेहरू प्रशंसा गर्न थाल्नेछन् । आयमा आकस्मिकरुपमा वृद्धि हुनाले मानसिक उत्साह उमङ्ग बढेर जाने देखिन्छ ।

मीन राशि 
व्यापार व्यवसायमा सफलता प्राप्त हुने देखिन्छ। पठनपाठनमा वृद्धि भएर जानेछ। नयाँ साथीको आगमनले मनमा खुसी छाउने छ भने नयाँ कार्यको थालनीसमेत हुनाले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ।