२०८२ साल आषाढ २१ गते शनिबारः यस्ताे छ आजकाे राशिफल

271 Shares

काठमाडाैँ । २०८२ साल आषाढ २१ गते शनिबार । तदनुसार ५ जुलाइ २०२५ । दशमी तिथी  ३३ घडी ३४ पला उप्रान्त एकादशी तिथि प्रारम्भ  हुनेछ । स्वाति नक्षत्र ३७ घडी ५४ पला उप्रान्त  बिषाखा प्रारम्भ हुनेछ । साध्य योग तैतिल करण आज बिहान सूर्योदय ५ः१५ मा भयो भने सूर्यास्त ७:२ मिनेटमा हुनेछ। आज शनिबार चन्द्रमा तुला राशिमा ।

मेष राशि
बोलीको प्रभाव बढेर जानेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर जुट्नेछ। मानसम्मानमा वृद्धि भएर जानेछ। साझेदारी कामबाट राम्रै आम्दानी गर्न सकिनेछ। लेखन शैलीमा तीव्रता आउने देखिन्छ।

वृष राशि
झुटा आरोपको सामना गर्नुपर्नेछ । विश्वास गरेकाबाट धोका पाइने योग छ। खर्चको मात्रा बढेर जानेछ। गुप्ताङ्गसम्बन्धी समस्याले सताउनेछ। लामो समयदेखि चल्दै आएको विवादको अन्त्य भएर जाने देखिन्छ।

मिथुन राशि
आँखासम्बन्धी समस्याले सताउने छ । धार्मिक कार्यमा बाधा आउनुका साथै बोलीमा कठोरता आउने देखिन्छ। अर्काले गरेका गल्तीको पनि आफूले सजाय भोग्नु पर्दा मानसिक तनाव बढेर जानेछ। धनमाल हराउन सक्ने सम्भावना बढेर गएको छ।

कर्कट राशि
सामाजिक कार्यमा समय व्यतीत हुने हुँदा सबैको प्यारो बनिनेछ। न्यायिक कार्यमा तपाईंकै जित हुनेछ । राजनीति क्षेत्रमा सुधार भएर जानेछ। पठनपाठनमा प्राप्त सफलताले सबैको विश्वास जित्न सकिनेछ ।

 सिंह राशि
पराक्रम बढेर जानेछ । आध्यात्मिक कार्यमा समय व्यतीत हुनेछ । आकस्मिकरूपमा धनलाभ मिल्ने देखिन्छ । व्यवसायमा प्राप्त सफलताले ठूला व्यक्तिको प्रशंसनीय भइनेछ । प्रेम गर्ने अवसर जुट्नेछ।

कन्या राशि
अनावश्यक खर्चको मात्रा बढेर जानेछ । लेखन शैलीमा कमी आउने देखिन्छ । वैदेशिक कार्यमा बाधा आउनेछ। विश्वास गरेका साथीभाइबाट धोका पाइनुले मानसिक तनाव बढेर जानेछ।

तुला राशि
मान्यजनको सहयोगले कार्यमा थप हौसला मिल्नुका साथै नयाँ कार्यको थालनीसमेत हुने देखिन्छ । स्वास्थ्यमा सुधार भएर जाने देखिन्छ । सौन्दर्यतामा मन जानुका साथै बौद्धिक कार्यमा समय व्यतीत हुने देखिन्छ।

वृश्चिक राशि
व्यर्थैमा झैझगडाको सामना गर्नुपर्ने देखिन्छ। स्वास्थ्यसम्बन्धी समस्याले सताउने देखिन्छ । भौतिक साधनको खरिद गरिने योग छ । अब जसको सामना गर्नुपर्ने देखिन्छ । सजग रहनुहोला। 

धनु राशि
मान्यजनको सहयोग मिल्ने देखिन्छ । आर्थिक क्षेत्रमा सुधार भएर जानेछ । न्याय कार्यमा तपाईँकै जित हुनेछ । कृषि तथा चौपायाबाट प्राप्त सफलताले सबैको तारिफ गर्न थाल्नेछन्।

मकर राशि
कुरा काट्नेहरू सक्रिय रहनेछन् । मातृ स्वास्थ्यमा उतारचढाव आउनेछ । शत्रु पक्षबाट जोगिनुपर्ने देखिन्छ । पठनपाठनमा बाधा आउनाले आफन्तबाट अपहेलित हुनुपर्ने देखिन्छ। सजग रहनुहोला।

कुम्भ राशि
स्वास्थ्यसम्बन्धी समस्यामा सुधार भएर जानेछ । लामो समयदेखि गुमेको धन उठ्न सक्ने सम्भावना बढेर गएको देखिन्छ । दौडधुपमा समय व्यतित हुने देखिन्छ । वैदेशिक कार्यमा बाधा आउनेछ ।

मीन राशि
बौद्धिक कार्यमा समय व्यतीत हुनेछ । धर्मकर्मतर्फ मन जानेछ। कार्यमा भएको लगनशीलताले ठूला व्यक्तिको समेत प्रशंसनीय भइनेछ। मातृ स्वास्थ्यमा सुधार आउनाले मनमा उत्साह बढेर जाने देखिन्छ।