काँग्रेस केन्द्रीय समितिको बैठक आज पनि बस्दै

303 Shares

काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक आज पनि जारी छ ।

बैठकमा काँग्रेस केन्द्रीय सदस्यहरुले समसामयिक, राजनीतिक, पार्टीका आन्तरिक गतिविधि, भ्रातृ संगठनको अधिवेशन लगायतका विषयहरुमा आफ्नो धारणा राख्ने क्रम जारी छ । 

साथै सरकार र सरकारले ल्याएको बजेटको बारेमा पनि समीक्षा भइरहेको छ । पार्टीको महाधिवेशन समयमै हुनपर्ने माग राखेर पनि कतिपय केन्द्रीय सदस्यहरुले आफ्नो धारणा राखेका छन् ।